मियामीको इतिहासमै पहिलो गोल्डेन बुट विजेता बने मेस्सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लियोनेल मेस्सीले २ गोल गरेपछि इन्टर मियामीले नासभिललाई ३-१ ले हराएको छ।

एमएलएस प्ले अफको पहिलो चरणमा नासभिलमाथि जित निकाल्दै मियामीले ३ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ। ३ मध्ये २ खेल जित्ने टोली अर्को चरणमा पुग्नेछ।खेल अघि अर्जेन्टिनी स्टार मेस्सीलाई एमएलएस गोल्डेन बुट प्रदान गरिएको थियो।

२९ गोल गर्दै उनी लिगको दोस्रो पूर्ण सिजनमा शीर्ष गोलकर्ता बनेका हुन् । मेस्सीले १९ असिस्ट पनि जोडेका छन् । उनले एलएएफसीबाट २४ गोल गरेका डेनीस बुआङ्गा र नेस्भिलबाट २४ गोल गरेकास्याम सरीजलाई पछि पार्दै उपाधि हात पारे ।

मेस्सी मियामीको इतिहासमै पहिलो गोल्डेन बुट विजेता हुन् । सन् २०२१ मा न्युयोर्क सिटी एफसीका भ्यालेन्टिन टाटी कास्टेलानोसपछि यो पुरस्कार जित्ने मेस्सी पहिलो अर्जेन्टिनी खेलाडी बनेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।