काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा महँगिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा थियो।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर


Comment