कार्तिक ५ गते बुधवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ कार्तिक ५ गते बुधवार, कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १८ः२० बजेपछि द्वितीया। स्वाती नक्षत्र। चन्द्रराशि तुला।

मेषः

आज मान सम्मान मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार प्राप्तीको योग छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृषः

शैक्षिक कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । कतैबाट नयाँ कामकोे प्रस्ताव आउन सक्नेछ । सोचेअनुरूप सबै कुरा मिल्दै जानेछ ।

मिथुनः

धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तान सुख कम हुनेछ । नयाँ सम्पर्कबाट लाभ मिल्नेछ । विवादास्पद कार्यको जिम्मेवारी आइपर्ला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

कर्कटः

शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । पढाइमा मन जानेछैन । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्नेछ ।

सिंहः

रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ ।

कन्याः

मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । वादविवादबाट जोगिने प्रयत्न गर्नु नै राम्रो पक्ष हुन आउनेछ ।

तुलाः

स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेको छ । सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ । कृषि, भूमिसम्बन्धी एवं नगदे व्यवसायहरूमा लाभ हुनेछ । नयाँ योजना तथा व्यवसाय शुुरु गर्ने समय रहेको देखिन्छ ।

बृश्चिकः

काम कारोवारी एवं व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन । शत्रुपक्ष वलवान हुनेछन् । कर्मयोगले नयाँ मोड लिनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।

धनुः

काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला । व्यापार ब्यावसायबाट प्रसस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरमा अपेक्षाकृत सुधार देखिन्छ । मिष्ठान्न भोजन तथा खानपिनमा ज्यादा मन जाने देखिन्छ ।

मकरः

विशेष कर्म प्राप्तिको योग रहेको छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । भगवान प्रति भक्तिभाव बढ्नेछ । यात्रा हुनसक्ने दिन रहेको छ । शैक्षिक एवं व्यापारिक क्षेत्र सफल रहला ।

कुम्भः

शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना छ । कृषिकार्यबाट सन्तोष हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । कुनै कार्यमा आज विशेष चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नु राम्रो पक्ष हुन आउने छ ।

मीनः

अकस्मात धनहानीको योग छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउने देखिन्छ । सञ्चित रकम खर्चनुपरे पनि पछि आउनसक्ने समस्या बेलैमा समाधान हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।