विध्वंस मचाउनेलाई कारबाही हुन्छ : आईजीपी खापुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।​ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर विध्वंस मचाउनेलाई कडा कारबाही हुने चेतावनी दिएका छन्।​

आईजीपी खापुङका अनुसार आन्दोलनमा सहभागीको आवरणमा तोडफोड, आक्रमण र हिंसात्मक गतिविधि गर्नेहरूलाई फोटो, भिडियो र अन्य दृश्य प्रमाणका आधारमा पहिचान गरी कानुनी दायरामा ल्याइनेछ।

‘जेनजी आन्दोलनका समयमा घुसपैठ गरेर विध्वंस मचाउनेहरूलाई कारबाही हुन्छ’‚ उनले भने, ‘प्रमाणसहितका तस्बीर र भिडियो प्रहरीलाई पठाएर सहयोग गर्न सबैमा अनुरोध गर्दछु।’

कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनपछि बोल्दै आईजीपी खापुङले आन्दोलनको मूल सन्देशलाई सबैले आत्मसात गर्नुपर्ने बताए।

‘जेनजी आन्दोलनले दिएको सन्देश भनेको भ्रष्टाचारमुक्त नेपाल हो’, उनले भने, ‘यो भावना आत्मसात गरेर अघि बढ्न सके देशले नयाँ दिशातर्फ गति लिन्छ।’

उनका अनुसार प्रहरी संगठनले जनताको हकहितमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्ने तर हिंसा र अराजकतामा उत्रिनेहरूमाथि कडाइका साथ कानुनी कारबाही गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।