उत्कृष्ट लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजित ‘राष्ट्रिय लघुतम चलचित्र महोत्सव’मा विनोद लोहार निर्देशित ‘संगिनी’ उत्कृष्ट प्रथम लघु फिल्म घोषित भएको छ।

त्यस्तै, ‘कलर अफ टी’ का निर्देशक राज सरगम उत्कृष्ट निर्देशक बनेका छन् भने ‘अन्तिम राप’ तेस्रो स्थानमा पर्‍यो। तिनै चलचित्रलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रम बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक स्व. हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीका अवसरमा सम्पन्न भएको हो। नौ लघु चलचित्र प्रतिस्पर्धामा थिए।

निर्णायकमा हरिहर शर्मा, भुवन चन्द र मदनदास श्रेष्ठ रहेका थिए। व्यक्तिगत विधातर्फ उत्कृष्ट सम्पादन, लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यानलगायत ६ जनालाई जनही १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठी रहे। गायिका मीरा राणा, सञ्चारमन्त्री जगदीश खरेल र गायक धिरज राईलाई पनि जनही १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

मन्त्री खरेलले आफ्नो कार्यकालमा गलत काम नगर्ने प्रतिबद्धता जनाए भने गायिका राणाको पाँच दशक लामो योगदान र गायक राईको ‘बुद्ध वाज बर्न’ अभियानबारे वक्ताहरूले चर्चा गरेका थिए।

कार्यक्रममा ९४ वर्षीया कल्याणी रिमालको पनि विशेष उपस्थिति थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।