काठमाडौं । अनलाइनबाट बस तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ ।
तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो । कम्पनीका अनुसार २९ भदौदेखि १४ कार्तिकसम्म यो अभियान रहन्छ ।
बससेवाले नेपालीको महान चाड दसैंका अवसरमा ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रमअन्तर्गत पाँचजनाले उपहारस्वरुप खसी जितेका छन् । मंगलबार (२८ असोज) मा बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत उनीहरूले उपहार जितेका हुन् ।
बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
‘लक्की ड्र’मार्फत टिकट नम्बर ७३६७१७७–बी का कमल भट्टराई (काठमाडौं–अर्घखाँची), ७३१४००१–बी का लिलाधर भट्टराई (काठमाडौं–प्यूठान), ७४४७२६३–बी का महेश्वर पौडेल (वालिङ–काठमाडौं), ७४०२३५२–बी का आश्विन ढकाल र ७२८१०६४–द्य का नवीन रिजालले खसी जितेका छन् ।
यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजार बराबरको लत्ताकपडा किनमेलको कुपन पाएका छन् भने एक सयजनाले फ्रि–टिकट जितेका छन् । विजेताहरूको नाम सूची बससेवाको वेबसाइट, मोबाइल एप र आधिकारिक फेसबुक पेजमा हेर्न सकिने बससेवाले जनाएको छ ।
बससेवा मार्फत बस, हवाइ उडान वा होटल रुम—सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। बस सेवाका अनुसार हरेक दिन राति १० बजेसम्म ग्राहक सहायता उपलब्ध हुन्छ भने सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता अफरहरू पनि पाइन्छन् ।
Comment