पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टितेलको यथावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट आज पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा २.५६ र डिजेलमा ०.२५ ले घटेर आएको निगमले जनाएको छ। निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखिएको छ।

निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६।५० रुपैयाँ कायम भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।