अनमोल केसी अभिनित ‘जेरी अन टप’ शुक्रबारदेखि रिलिज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता अनमोल केसी झन्डै डेढ वर्षपछि ‘जेरी अन टप’ फिल्ममार्फत पर्दामा फर्किंदैछन्। सुयोग गुरुङ निर्देशित फिल्म यहि असोज ३१ गते शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ।

एफक्यूव सिनेमाले सोमबारदेखि अग्रिम बुकिङ खोलेको थियो, जसपछि दर्शकको उच्च मागका कारण शोज बढाएर ६ पुर्‍याइएको छ। त्यस्तै, विर्तामोडको पाथिभरा हलले पनि ३ बाट ४ शोजमा विस्तार गरेको छ। क्युएफएक्स, आइएनआइ सिनेमाज र आइप्लेक्स लगायतका मल्टिप्लेक्सहरूले पनि क्रमशः बुकिङ खुलाउँदै छन्।

वितरक करण श्रेष्ठका अनुसार पछिल्लो एक वर्षमा दर्शक र हलहरूबाट सबैभन्दा बढी माग पाएको फिल्म ‘जेरी अन टप’ हो।

फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको अभिनय रहेको छ। हेमराज बिसीले कथा लेखेको यो फिल्म अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले निर्माण गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।