संसद विघटनविरुद्ध छलफल गर्न सभामुख घिमिरेले बोलाए ११ दललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका हुन्।

घिमिरेले बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेकपा एकीकृत समाजवादी छन्।

त्यस्तै, जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी नेमकिपा र आमजनता पार्टीलाई भने बोलाइएको छैन।

प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका छन्। संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल हुने सभामुखको सचिवलायले जनाएको छ।

सभामुख घिमिरेले दलहरुलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।