काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन्।
कम्पनीका अभिकर्ता तथा कर्मचारीहरु विभिन्न माग राखि गत बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सिईओको राजीनामा लगायत थुप्रै मागहरु राख्दै मुख्य कार्यालयमै धर्ना दिएका थिए ।
विगत लामो समयदेखि भएको विवादबीच सिईओ कर्णले राजिनामा दिएको हुन् भने उनको राजीनामा सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
Comment