‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चलचित्र सोल्टिनीको ट्रेलर सार्वजनिक भएको छ। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको सोमबार पत्रकार सम्मेलन भएको थियो। अधिकांश कलाकारको उपस्थितिमा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा प्रेमका लागि गरेको सङ्घर्ष र परिवारविरुद्ध जान नसकेको बाध्यतामा आधारित रहेर बनाइएको निर्माण पक्षको दावी छ । ‘सोल्टिनी’ सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्धेश्यले बनाइएको चलचित्रको निर्देशक अर्जुन सुबेदीले बताए ।

अभिनेता प्रकाश सपुतको मुख्य भूमिका रहेको सोल्टिनीमा नायिका परीक्षा लिम्बूको छन् । सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतको अभिनय यो चलचित्रमा छ ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न छ। इलाम, कन्याम, विर्तामोड, पथरी र भोजपुरलगायतको सुन्दर पृष्ठभूमिमा छायाङ्कन गरिएको सोल्टिनी’ले समाजको जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने अड्चनलाई समेटेको निर्माण पक्षले दावी गरेको छ ।

यो चलचित्रमा समावेश ‘नौलाखे तारा’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको थियो । सो गीतलाई दर्शकले मन पराएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।