काठमाडौं । नेपाली बजारमा सोमबार(आज) पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले महँगिँदै प्रतितोला दुई लाख ४० हजार ४ सय रुपैयाँ पुगेको हो । यो हालसम्मको सबैभन्दा महँगो मूल्य हो ।
यसअघि गत बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुई सय रुपैयाँमा पुग्दै उच्च मूल्य कायम भएको थियो । त्यसपछि केही घटेको सुनको मूल्यले आज फेरि रेकर्ड बनाएको हो ।
आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भई तीन हजार दुई सय २० रुपैयाँमा पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
Comment