इजरायली अधिकारीले परिवारजनलाई भने – विपिन जोशी जीवित छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा परेका नेपाली युवा बिपिन जोशी अब जीवित नरहेको औपचारिक जानकारी दिएका छन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाको कमाण्डरले अमेरिकामा रहेकी विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई आज बिहान यो जानकारी दिएका हुन्।

हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो।हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ।

राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो ।इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।

आज रिहा हुँदै गरेका २० जीवित बन्धकहरू:

एलकाना बोहबोट, मातान आङ्ग्रेस्ट, अविनाटन ओर, योसेफ-हैम ओहाना, एलोन ओहेल, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, रोम ब्रास्लाभस्की, गाली बर्मन, जिभ बर्मन, एटान मोर, सेगेभ काल्फन, निमरोड कोहेन, म्याक्सिम हर्किन, एटान हर्न, मातान जाङ्गाउकर, बार कुपर्श्टेन, डेभिड कुनियो, एरियल कुनियो, ओम्री मिरान।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।