असाेज २७ गते साेमवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ असाेज २७ गते साेमवार, १३ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष सप्तमी तिथि। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन।

मेषः

राजनैतिक कार्य सफल हुनेछ । स्वास्थ्य समस्याबाट छुट्कारा मिल्नेछ । शत्रुवर्ग पराजित हुनेछन् । बिपरीत लिङ्गी साथिको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्ने छ । प्रतिस्पर्धात्मक विषयवस्तुमा सफलता मिल्नेछ ।

वृषः

धन तथा यश प्राप्त हुनेछ । व्यापार व्यवसाय सफल रहला । कुटुम्बबाट साथसहयोग मिल्नेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ ।

मिथुनः

बोली बिक्ने समय छ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ ।

कर्कट:

अनावश्यक यात्रा हुनसक्नेछ । तटस्थ मनले काम गर्ने प्रयत्न गरिनेछ । अरूका कुरामा खासै वास्ता गरिने छैन । व्यवसायमा घाटा होला । धोका हुनसक्छ, सचेत रहनु होला ।

सिंहः

व्यापार,व्यवसायबाट फाइदा हुनेछ । नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ ।

कन्याः

सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । सरकारी क्षेत्रबाट विशेष लाभ मिल्नाले मन प्रसन्न रहने छ । पारिवारिक वातावरण सुखमय रहनेछ ।

तुलाः

धर्मकर्ममा मन जानेछ । व्यापार व्यवसाय राम्रो हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

बृश्चिकः

मनमा चिन्ता बढ्न सक्नेछ । वादविवाद हुन सक्नेछ, सतर्क रहनु होला । शरीरमा वायु विकार देखापर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो पक्ष हुनेछ ।

धनुः

आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । यान तथा बाहनबाट सुख मिल्नेछ । व्यापारव्यवसाय बढ्नाले मनग्य लाभ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मकरः

स्वास्थ्यले साथ दिनेछ । उद्योग तथा व्यवसायबाट फाईदा हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भः

प्रेममा सफलता मिल्नेछ । धनार्जन गर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । रोकिएर, अड्किएर रहेका कार्यहरु पनि सम्पन्न हुने दिन परेको छ ।

मीनः

आफन्त तथा भाइबन्धुहरुसंग झगडा हुन सक्नेछ, व्यवहार गर्दा सजग रहनुहोला । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ने समय छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।