पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ। उनलाई आइतबार पक्राउ गरिएको हो।

विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट २०७९ साल पुस १० गते नेपाल आएका चिनियाँ नागरिकले ल्याएको ७३० थान विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयको स्टोरमा राखिएको थियो। पछि उक्त सामानमा सुन लुकाइएको खुलेको थियो।

अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा रोल्पा जिल्ला लिवाङका कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको र सोही प्रकरणमा कृष्णबहादुर महरालाई पनि पक्राउ गरिएको हो।

अनुसन्धानमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध पैठारी गरी आपराधिक समूह बनाई संगठित रुपमा लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा संगठित अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।