काठमाडौं । नायिका समृद्धि अर्यालले आफूले अभिनय गरेको नयाँ चलचित्र ‘वरिष्ठ बलराम’मा आफ्नो भूमिका प्रभावशाली रहेको बताएकी छन्। उनले भनिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु, म जहाँ आउँछु त्यहाँ इम्प्याक्ट हुन्छ।”
विजय बरालको अपोजिटमा अभिनय गरेकी समृद्धिले दयाहाङ राई र विजय बरालजस्ता अब्बल कलाकारसँग काम गर्नु चुनौतीपूर्ण भए पनि सिकाइपूर्ण अनुभव भएको बताइन्।
चलचित्रमा उनी ‘कुशुम’को भूमिकामा देखिँदैछिन्। उनले भनिन्, “यो क्यारेक्टर दर्शकले सम्झिने खालको छ, शो पिस होइन।”
सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकाका दिन रिलिज हुँदैछ। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ।
Comment