काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिसँगै ७५ वटा कम्पनीका ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता आईपीओ निष्कासनको ढोका खुलेको छ ।
पाइपलाइनमा रहेका ७५ कम्पनीले ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ जुटाउने योजनाका साथ आईपीओ निष्कासन अनुमति मागेका छन् ।
आईपीओको पाइपलाइनमा सबै भन्दा धेरै हाइड्रोपावर क्षेत्रका कम्पनी रहेका छन् । हाइड्रो क्षेत्रका मात्रै ३७ वटा कम्पनीहरु बोर्डबाट आईपीओ जारी गर्ने स्वीकृतिको प्रतीक्षामा रहेको धितोपत्र बोर्डको तथ्यांक छ ।
तथ्यांकअनुसार ३७ वटा हाइड्रोपावर कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ताको १८ अर्ब २६ करोड ०१ लाख ४० हजार २३६ रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा रहेको हो ।
अहिले पाइपलाइनमा रहेका समूहमध्ये रकमका आधारमा सबै भन्दा धेरै आईपीओ उत्पादन तथा प्रशोधन समूहको रहेको छ । यो समूहको कुल २७ अर्ब ०४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बरारको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता सेयर स्वीकृतिको प्रतीक्षामा छ ।
धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन समूहका तीन वटा कम्पनीको १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छ ।
लगानी समूहको चार वटा कम्पनीको ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता सेयर आईपीओ धितोपत्र बोर्डबाट निष्कासन अनुमति हुन बाँकी छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गरी तीन लघु बिमा कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पाइपलाइनमा छ ।
अन्य समूहका १० वटा कम्पनी आईपीओ निष्कासन अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका छन् । यी कम्पनीले ३ अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् ।
विकास बैंक समूहमा एउटा कम्पनी आईपीओ निष्कासन अनुमतिको पर्खाइमा छ । सालपा विकास बैंक आईपीओ निष्काशन स्विकृतका लागि सेबोनको पाइपलाईनमा रहेको छ । यो विकास बैंकले १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता सेयर निष्काशनका लागि अनुमति माग गरेको छ ।
Comment