काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ‘ट्यारिफ’ लगाउने घोषणा गरेका छन्।
चीनले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनले १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागु हुनेछ । चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन्।
ट्रम्पले घोषणामा चीनले विश्व समुदायलाई पत्र पठाउँदै १ नोभेम्बर देखि लगभग सबै उत्पादनहरूमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने घोषणा गरेकाले यो कदम चालेको बताएका छन् ।
ट्रम्पले चीनको यो कदमलाई निन्दनीय बताएका छन्। उनले अमेरिकाको यो कारबाही केवल आफ्नो राष्ट्रिय हित रक्षाको लागि भएको बताएका छन्।
Comment