काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमान्डौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउँने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभामा सञ्चालक समितिका सदस्य, सेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
Comment