काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास समूह दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् ट्रम्पले यसबारे जानकारी दिएका हुन्।
हस्ताक्षरपछि सबै बन्धक तत्कालै रिहा हुने र इजरायली सेना शान्ति योजनामा तय गरिएको सीमामा फर्किने दाबी ट्रम्पले गरेका छन्। उनले यो कदम एक बलियो र स्थायी शान्तिको दिशामा पहिलो कदम भएको भन्दै निष्पक्ष व्यवहार गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। शान्ति योजनाको मध्यस्थताका लागि ट्रम्पले कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन्।
यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि भएको सम्झौताको स्वागत गरेका छन्। उनले यो पहलका लागि अमेरिका, कतार, इजिप्ट र टर्कीको सराहनासमेत गरेका छन्। गुटेरेसले गाजामा तत्काल मानवीय सहायता दिन अपिल गर्दै आफूहरु सम्पूर्ण सहयोगका लागि तत्पर रहेको बताएका छन्।
Comment