लिबर्टी माइक्रो लाइफको बिमालेख नवीकरण गर्दा विलम्ब शुल्क नलाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेंस लिमिटेडले बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुटको सुविधा प्रदान गरेको छ।

कम्पनीले यस बारेमा सम्पूर्ण ग्राहक, अभिकर्ता, तथा अन्य सरोकारवालाहरुलाई जानकारी गराउँदै गत भदाै १५ गतेदेखि शुरू भएकाे यो विशेष छुट सुविधा मंसिर मसान्तसम्म उपलब्ध हुने जनाएको छ।

समयमै बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी हो भन्दै कम्पनीले यस सीमित अवसरको फाइदा उठाउन ग्राहकहरूलाई अनुरोध गरेकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।