काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । २१ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र लाभांश प्रयोजनका लागि समेत ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट सेयरधनीमा वितरण हुनेछ ।
Comment