सांग्रिला मोटर्सको लीपमोटर बी१० को नेपालमा डेलिभरी सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । नेपालमा लीपमोटर सवारीसाधनका आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बहुप्रतिक्षित लीपमोटर बी१० को वितरण सुरु गरेको घोषणा गरेको छ। कम्पनीले यसलाई नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेको छ।

लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री रहेको छ, जसले एकपटकको चार्जमा ६०० किलोमिटर दूरी तय गर्न सक्ने दाबी गरिएको छ। यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको एचडी टचस्क्रिन, ३६० डिग्री क्यामेरा, हीटिङ–भेन्टिलेसन फङ्सनसहितका प्रिमियम लेदरेट सिट र ठूलो प्यानोरामिक सनरुफजस्ता सुविधाहरू छन्।

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आकर्षक प्रदर्शन गरेपछि बी१० ले आफ्नो अत्याधुनिक प्रविधि, डिजाइन र प्रदर्शनका कारण व्यापक ध्यान खिचेको थियो। चीनबाट पहिलो ढुवानी आइपुगेसँगै अब नेपाली ग्राहकहरूले दिगो र स्मार्ट ड्राइभिङ अनुभव गर्न पाउने भएका छन्।

सांग्रिला मोटर्स प्रालि नेपालमा पूजो, सिट्रन र लीपमोटरजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्ने अग्रणी अटोमोबाइल वितरक हो। थापाथली र उत्तरढोका स्थित आधुनिक शोरूममार्फत कम्पनीले गुणस्तरीय सेवा र प्रविधिमुखी मोबिलिटी समाधान प्रदान गर्दै स्वच्छ र स्मार्ट भविष्यतर्फ अग्रसर रहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।