घर बनाउन चाहनेलाई बैंकको आकर्षक अफर, कुनमा पाइन्छ सस्तो ब्याजमा घरकर्जा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकका लागि वाणिज्य बैंकहरूले हाल सस्तो ब्याजदरमा आकर्षक घरकर्जा योजना सार्वजनिक गरेका छन्। ब्याजदर लगातार घट्दै जाँदा अधिकांश बैंकहरूले औसत ७ प्रतिशत स्थिर ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन्।

नबिल बैंकले ७ र १० वर्षका लागि क्रमशः ६.९९ र ७.४४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। एम्बेसि बैंकले ८.५० प्रतिशतमा घरकर्जा दिइरहेको छ। माछापुच्छ्रे बैंकले अवधिअनुसार ७.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ।

त्यस्तै लक्ष्मी सनराइज बैंकले १५ वर्ष अवधिका लागि ८.४४ देखि ११.९९ प्रतिशत ब्याजदर राखेको छ भने कुमारी बैंकले १० वर्षका लागि ७.५९ प्रतिशत दरमा ऋण दिइरहेको छ। नेपाल बैंकले ५ र १० वर्षका लागि क्रमशः ७.१० र ८.११ प्रतिशत ब्याजदर तोकेको छ।

राष्ट्रिय वाणिज्य बैंकले ५, १० र १५ वर्षका लागि क्रमशः ७.५५, ८.०५ र ८.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल एसबिआई बैंकले ५ देखि २० वर्ष अवधिका लागि ६.९९ देखि ८.४९ प्रतिशत ब्याजदर लागू गरेको छ।

सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, हिमालयन र कृषि विकास बैंकहरूले पनि आफ्ना स्थिर ब्याजदर योजना ल्याएका छन्, जसमा अधिकतम दर करिब ११ प्रतिशतसम्म पुगेको छ।

बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाका कारण घरकर्जाको ब्याजदर घटेको विश्लेषकहरू बताउँछन्। यसले आवास खरिद वा निर्माण गर्न चाहने ग्राहकका लागि सहज पहुँच र स्थिर किस्ता भुक्तानीको वातावरण सिर्जना गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।