काठमाडौँ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
विकास ऋणपत्र २०८९ नाम दिइएको यो सात वर्षे परिपक्व अवधि रहेको ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिनेछ ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय वा व्यक्तिहरूले समेत असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्रको साँवा भुक्तानी २०८९ असोज २३ गते हुनेछ ।
यसैगरी ब्याज अर्धवार्षिक आधारमा भुक्तानी हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । प्राप्त हुने ब्याजमा आयकर लाग्नेछ । यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन वा दिन समेत सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।
Comment