कुलमान र खनालमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्नुपर्छ: महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकारका दुई मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्नुपर्ने माग गरेका छन्।

बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले पूर्वसचिवसमेत रहेका खनाल र ऊर्जा मन्त्री कुलमानमाथि समेत छानबिन गर्नुपर्ने बताए। उनले घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग र संसदीय समितिसम्ममा दर्जनौँ उजुरी दर्ता रहेको दाबी गर्दै तत्काल अनुसन्धान सुरु गर्नुपर्ने बताएका हुन्।

‘कुलमानजीमाथि दर्जनौँ उजुरी छन्, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने?’ बस्नेतले प्रश्न गरे।

उनले नेपाली युवालाई विदेशी शक्तिले प्रयोग गरेर राष्ट्रिय सम्पत्ति ध्वस्त पार्ने प्रयास भइरहेको आरोप पनि लगाए। साथै, आफ्नो बोली रोक्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्दै उनले नयाँ चुनौतीलाई सामना गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।