निर्वाचनको लागि सर्वदलीय बैठक बोलाउन कांग्रेसको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल र निर्वाचनको वातावरण बनाउन सर्वदलीय बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।

कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सोमबार राष्ट्रपतिसँग भेट्न शीतलनिवास पुगेका थिए। सोही क्रममा उनीहरूले सहज राजनीतिक वातावरण बनाउन सर्वदलीय छलफलका लागि राष्ट्रपति पौडेलसँग आग्रह गरेका हुन्।

कांग्रेस नेताहरूले निर्वाचनको अनुकूल वातावरण नबनेकाले सर्वदलीय बोलाएर वातावरण निर्माण गर्न आग्रह गरेका हुन्।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले भने सर्वदलीय बैठक बोलाउने जिम्मेवारी प्रधानमन्त्रीको रहेको भन्दै उनको ध्यानाकर्षण गराएको बताएका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटेर दलहरूको बैठक बोलाउन आग्रह गरेकी थिइन्। उनी आफैँले भने यसबारे कुनै पहल लिएकी छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।