आजको राशिफल
काठमाडौं । २०८२ असाेज २२ गते बुधवार, ८ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि, ७ः२९ बजेपछि द्वितीया। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।
मेष
व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बन्नेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।
वृष
स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।
मिथुन
व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन । अर्थ अभावले कामहरू प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्यक्तिहरूको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला ।
कर्कट
शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । तर पनि लामो दुरीको शैक्षिक वा साङ्गीतिक यात्राको तय हुनेछ ।
सिंह
सिंह राशीको व्यक्तिको आजको दिन राम्रो छैन । अनावश्यक विवाद र भैmगडामा पर्नु हुने छ । विभिन्न संकट आइपर्नेछन् । आँटेको काम बन्दैन । घर व्यवहारमा पनि विभिन्न समस्याहरु आइपर्नेछन् । आफन्तहरुसँग विवाद हुन सक्दछ ।
कन्या
कन्या राशी हुनेहरुको आजको दिन राम्रो रहेको छ । शत्रु माथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साझेदारीमा काम गरे सफल हुनेछ । व्यवसायमा प्रगती हुने छ । पढाई लेखाईमा मन लाग्नेछ ।
तुला
तुला राशी भएका व्यक्तिहरुको आजको दिन राम्रो रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट पनि मनग्गे आम्दानी हुनेछ । नोकरी र व्यापारबाट धन लाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ ।
वृश्चिक
वृश्चिक राशी हुनेहरुको लागि आजको अशुभ रहेको छ । अध्ययनमा मन नलाग्दा अध्ययनबाट सफलता हात लाग्दैन । स्वास्थ्यमा समस्या आइपर्नेछ । भाग्यले साथ नदिँदा बन्न लागेका कार्यहरु रोकिने छन् । शरीरमा आलस्यता बढ्नेछ ।
धनु
धनु राशीहुनेहरुको लागि आजको दिन सुखद् छैन । स्वास्थ्यमा समस्या आउने छ । आप्mन्तसँग विवाद हुन सक्नेछ । स्वास प्रस्वासमा समस्या आउन सक्दछ । साथिहरुबाट धोका पाउन सक्नु हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा सर्तक रहनु होला ।
मकर
मकर राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । परिवारबाट सुख मिल्लने छ । परिश्रमको फल मिल्नेछ । दाजुभाइ दिदिबहिनीबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिने छ । मन शान्त रहनेछ ।
कुम्भ
कुम्भ राशी हुनेहरुको आजको दिन सुखद् रहने छैन । बोल्दा विचार पुर्याउनु होला । तपाई बोलेका कुुराहरुबाट आफन्तलाई नराम्रो पर्न सक्दछ । कृषिजन्य उत्पादनमा समस्या देखिन सक्नेछ । आँखामा समस्या देखिनेछ ।
मीन
मीन राशी हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ राम्रो हुने छ । व्यवासायबाट राम्रो लाभ हुनेछ । बुद्धि पुर्याएर कार्य गर्दा आँटेको काम पुरा हुने छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment