काठमाडौँ । आज (सोमबार) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज २५ सय रुपैयाँले सुनको मूल्य बढेसँगै नयाँ कीर्तिमान कायम भएको हो।
आइतबार तोलामा २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर प्रतितोला २ हजार ९ सय ६० रुपैयाँ पुगेको हो।
Comment