आजको राशिफल
काठमाडौं । २०८२ असाेज २० गते साेमवार, ६ अक्टाेबर २०२५। आश्विन शुक्ल पक्ष चतुर्दशी तिथि, ११ः२५ बजेपछि औंसी। चन्द्रराशि मीन।
मेष: आज सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला र अनावश्यक यात्रा हुनेछ।
वृष: आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ।
मिथुन: आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्यप्रति सजग रहनु पर्छ।
कर्कट: आज कुनै समाचारले मनमा खुसियाली छाउनेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ र धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ।
सिंह: आज आफूलाई अनुशासित र संयम बनाउनु पर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। आजको मन्त्र “सपना देख्ने आँखा कमजोर हुँदैनन्” रहेको छ।
कन्या: आज शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग रहेको छ र धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
तुला: आज धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ। आजको मन्त्र “अलग हुनु विशेष हुनु हो” रहेको छ।
वृश्चिक: आज अरुको मन जित्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। धन हात पर्न सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।
धनु: आज साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ। प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ , तर वैदेशिक काम भने सफल रहनेछ। साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।
मकर: आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अवसर आउनाले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ र सेयर बजारको लगानीबाट पनि राम्रै लाभ मिल्नेछ।
कुम्भ: आज नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्राविधिक काममा बढी सफलता मिल्नेछ र वैदेशिक कार्य अघि बढ्नेछ।
मीन: आज नयाँ कार्यको योजना बन्नेछ र स्वादिष्ट भोजन पाइनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment