काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । दशैंको बिदापछि रोकिएको सुनचाँदी मूल्य आज निर्धारण भएको छ । असोज १२ गतेपछि पहिलोपटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ तोकिएको छ । यसअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आजको सुनको मूल्य अहिलेसम्मकै धेरै हो ।
यस्तै, सोही दिन २ हजार ८१० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ ।
Comment