आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने, तीन जिल्ला उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभावका कारण आइतबार पनि देशभर वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ।

विभागले शनिबार राति ११:५५ मा जारी गरेको सूचना अनुसार लगातारको वर्षाका कारण ती क्षेत्रका नदी-नाला तथा निचोरा बस्तीहरूमा बाढी र डुबानको उच्च जोखिम देखिएको छ। विभागले प्रभावित क्षेत्रमा रहने सर्वसाधारणलाई अति उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।