आज दसैँको टीका लगाउने मुख्य दिन, उत्तम साइत बिहान ११:५३ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीहरूको महान चाड बडादसैँअन्तर्गत आज विजया दशमी, टीका र आशीर्वाद ग्रहण गर्ने मुख्य दिन हर्षोल्लासपूर्वक मनाइँदैछ।

आजको दिन नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी विजया दशमी मनाउने परम्परा छ। गुरु, पुरोहित, हजुरबुबा–हजुरआमा, आमा–बाबु, ठूलाबडा लगायत मान्यजनबाट टीका र आशीर्वाद लिने चलन अनुसार देशभरका नेपालीहरू आफ्नो घर–परिवारमा रमाइरहेका छन्।

यद्यपि दिनभर टीका लगाउन मिल्ने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटलाई शुभ समय मानिएको छ। यो साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै सार्वजनिक गरिसकेको हो।

टाढाटाढा रहेका आफन्तजन भने आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म टीका र आशीर्वाद लिन सक्नेछन्। बडादसैँको अवसरले पारिवारिक भेटघाट, सम्बन्ध सुदृढीकरण तथा सामाजिक समरसताको सन्देश पनि दिने गर्छ।

दसैँ केवल धार्मिक चाड मात्र नभई नेपालीहरूको साझा संस्कृति, परम्परा र पारिवारिक एकताको प्रतीकको रूपमा मनाइन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।