काष्ठमण्डप नजिकैका घरमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।