काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।
सीआईबीबाट खटिएको टोली तथा स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । आरजु राणाले कतिपय डिलमा उनी प्रतिनिधिको रुपमा खटिने गरेको आरोप राणामाथि लाग्ने गरेको थियो ।
Comment