कोजाग्रत पूर्णिमामा हुने कांग्रेसको चियापान कार्यक्रम रद्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै हालको परिस्थितिका कारण कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन्।

वि.सं. २०३३ मा जननायक बीपी कोइरालाले निर्वासनबाट फर्किएपछि ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ नीतिको स्मरणस्वरूप कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गर्दै आएको थियो।

तर, यस वर्ष देशभरि शोकको माहोल रहेको र पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनीमा परेर ध्वस्त भएको अवस्थामा चियापान कार्यक्रम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ।

“चाडपर्वको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेका छन्,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आक्रमणमा परेका कारण यस अवस्थामा थप राष्ट्रिय एकता र मेलमिलाप आवश्यक भएको महसुस गर्दै चियापान कार्यक्रम नगर्ने निर्णय गरिएको हो।”

कांग्रेसले देशभरिका आम नागरिकहरू, आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरू अकल्पनीय शोकमा रहेको उल्लेख गर्दै यस संवेदनशील समयमा चियापान समारोह नगर्नु उचित हुने ठहर गरेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।