काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ पुरुष च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
शनिबार श्रीलंकाको रेसकोर्स रगंशालामा भएको फाइनल खेलमा बांगलादेशलाई टाइब्रेकरमा ४- १ ले हराउँदै भारतले उपाधि जितेको हो। दुवै टोलीले खेलको निर्धारित समयमा २-२ गोल गरेका थियो।
त्यसपछि खेल पेनाल्टी सुटआउट मार्फत गएको हो। भारत हालसम्मको तल्लो उमेर समूहको सबैभन्दा सफल टोली हो। हालै सम्पन्न प्रतियोगितामा कुल ७ टोलीले सहभागिता जनाएका थिए।
नेपालले सम्पन्न प्रतियोगिताको सेमिफाइनलसम्म आफ्नो स्थान बनाएको थियो। सेमिफाइनलमा भारतसँगै पराजित भएसँगै नेपाल बाहिरिएको हो।
Comment