जेन जेड आन्दोलनमा बाह्य शक्तिहरु सक्रिय भए : पूर्वमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेन जेड आन्दोलनमा बाह्य तथा देशद्रोही शक्तिहरु सक्रिय भएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोक क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिद्वारा आयोजित विजया दशमी, शुभ दीपावली र नेपाल सम्बत ११४६ को अवसरमा शनिबार आयोजना गरिएको नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग जायज भए पनि आन्दोलनमा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी भएको बताए।

“जेन जेडहरुका माग जायज थिए, तर नेतृत्वविहिनताले अराजक गतिविधिहरु बढे। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवनलगायतका संवैधानिक संरचनाहरु जलाइए। यसले राष्ट्रलाई ठूलो क्षति पु¥याएको छ,” बस्नेतले भने।

उनले नेपाली कांग्रेसको इतिहासमा आन्दोलन सधैं परिवर्तन र लोकतन्त्रको पक्षमा भएको उल्लेख गर्दै, “२००७ सालदेखि २०४६ सालसम्म कांग्रेसले गरेका आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको थियो, तर जेन जेड आन्दोलनले भने देशलाई ३० वर्ष पछाडि धकेलेको छ,” भने।

बस्नेतले आन्दोलनको नाममा प्रहरी हत्या हुनु दुःखद भएको उल्लेख गर्दै मृतक प्रहरीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र आन्दोलनका क्रममा निर्दोषमाथि गोली कसले चलायो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक भएको बताए।

उनले नेपाली कांग्रेसले विपत्तिको बेला सदैव जनताको साथ दिएको भन्दै जेष्ठ नागरिकलाई औषधि, विपन्नलाई खाद्यान्न तथा विपद्‌मा उद्दारजस्ता कार्य निरन्तर भइरहने बताए।

सो कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी बाह्रबिसे नगरपालिका–५ का चन्द्रबहादुर लामा, बेन्दारे तामाङ, कान्छा तामाङ, खड्का बहादुर तामाङ, सुक्र बहादुर तामाङ, भिमराज तामाङ, कामी तामाङ, गुडुल बहादुर तामाङ, पूर्ण बहादुर तामाङ, भूपिन्द्र तामाङ, राम बहादुर तामाङ, दिपक घले, मिनबहादुर तामाङ, सिताराम तामाङ, तेजबहादुर तामाङ, जगत वाः तामाङ, जनक कुमारी तामाङ, दावा तामाङ, सर्मिला तामाङ, मोतीमाया तामाङ, साङमु तामाङ, विमल खत्री, निशा तामाङ, तुलीमाया तामाङ, उर्मिला तामाङ, विक्रान्त तामाङलगायत कांग्रेस प्रवेश गरेको जानकारी दिइयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।