काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्ष पद छाडेका छन्।
बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् ।
बैठकले केन्द्रीय समिति भंग गर्दै पार्टीलाई विशेष महाधिवेशनमार्फत पुनर्गठन गर्ने निर्णय गरेको छ । विशेष महाधिवेशनको तयारीस्वरूप नयाँ आयोजक कमिटी गठन गरिएको छ ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, विशेष महाधिवेशन आयोजक कमिटीको संयोजकका रूपमा पार्टीकी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई चयन गर्ने तयारी भएको छ ।
बाबुरामको राजीनामा र महाधिवेशनको निर्णयसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आगामी दिनमा पार्टीको संरचना, नीति तथा कार्यक्रमहरूमा समेत फेरबदल आउने अनुमान गरिएको छ ।
Comment