निगमले भोलिदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि विहीबारदेखि चीनको ग्वाङझाउमा सीधा उडान गर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्दै छ ।

काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको वायुसेवा निगमले जनाएको छ ।

निगमले काठमाडौं-ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दुइतर्फी ५० हजार रुपैयाँ तोकिएको छ । निगमको चीन उडान राती १० बजेर १५ हुने र भोलिल्ट विहान मात्रै फर्कने छ ।

हाल निगमले नारिता (जापान), क्वालालम्पुर (मलेसिया), हङकङ, दोहा (कतार) र दुबई (युएई), दमाम (साउदी) र बैंकक (थाइल्यान्ड)लगायत गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । त्यसैगरी, छिमेकी देश भारतका तीन गन्तव्य मुम्बई, बेंगलोर र दिल्लीमा समेत निगमको उडान हुँदै आएको छ । निगमले उत्तरतर्फको छिमेकी देश चीनमा समेत उडान विस्तार गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।