काठमाडौं । सामाजिक सन्देशमा आधारित नेपाली फिल्म ‘चिराग’ आगामी मंसीर ५ गते देशभर प्रदर्शनमा आउने भएको छ। पहिलो झलकसहित सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकार त्यागमूर्तिलाई तेस्रोलिंगीको भूमिकामा देखाइएको छ। पोस्टरमा उनीलाई कसैले कुल्चिएको दृश्यले गहिरो सामाजिक सन्देश बोकेको संकेत गर्छ।
फिल्मको ट्यागलाइन “आशाको चिराग कहिल्यै निभ्दैन” रहेको छ, जसले पीडित समुदायप्रतिको आशा, संघर्ष र जीवटपनलाई दर्शाउने अनुमान गर्न सकिन्छ।
त्यागमूर्ति यस फिल्मका मुख्य कलाकार हुनुका साथै लेखक र निर्देशक पनि हुन्। फिल्ममा उनको सशक्त उपस्थितिलाई कथावस्तुमा आत्मीय रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा अन्य कलाकारहरूमा सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, र बाल कलाकार सागर खरेलको समेत अभिनय रहेको छ।
फिल्ममा सहलेखन नरेश प्रसाद भट्ट र संकला गौतमले गरेका छन्। निर्माताको रूपमा संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति स्वयं संलग्न छन्।
सामाजिक मुद्दा उठान गर्ने उद्देश्यले निर्माण गरिएको ‘चिराग’ ले दर्शकहरूमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Comment