धिरज, मिरुना र दिया अभिनीत ‘मैझारो’ को टिजर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ।

इलामको चिया बगान र गाउँले परिवेशमा आधारित फिल्ममा धिरज र मिरुनाको प्रेम सम्बन्ध देखाइएको छ भने केही बाध्यताका कारण धिरज दिएतिर आकर्षित भएको झल्किन्छ।

विल्सन विक्रम राई (तक्मेबुढा) निर्देशित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ। ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, र राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीको स्वर समावेश छ।

फिल्मको वितरण आरआर फिल्मले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।