आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ असाेज ७ गते मंगलवार, २३ सेप्टेम्बर २०२५। आश्विन शुक्ल पक्ष द्वितीया तिथि। हस्त नक्षत्र, १३ः१७ बजेपछि चित्रा। चन्द्रराशि कन्या।
आजको राशिफल
मेषः
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती/प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ ।
वृषः
दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष रहला । स्वास्थ्यमा समस्या देखिनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । अनावश्यक भ्रमण भइ दैनिक कामकाजमा पनि व्यवधान उत्पन्न हुन सक्नेछ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ ।
मिथुनः
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुनेछ । निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुन आउनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने समय छ ।
कर्कटः
जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । सबैतिरबाट सक्दो सहयोग प्राप्त हुनेछ ।
सिंहः
खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा तथा उधारो व्यापारमा चनाखो रहनुपर्नेछ ।
कन्याः
भाग्योदयको योग छ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुने दिन छ । प्रायः सबै काम आफ्नै नेतृत्वमा सम्पन्न हुनेछन् । खानपिनको मामलामा मन ज्यादा मोहित हुने सयम छ ।
तुलाः
व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नु राम्रो पक्ष हुन आउने छ ।
बृश्चिकः
नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । रमाइलो भेटघाटको समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मान–सम्मान प्राप्त हुनेछ ।
धनुः
कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । पारिवारिक समस्याहरूको समाधान हुनेछ ।
मकरः
कामकारोवारमा बाधा आउनसक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउने समय छ । वैदेशिक क्षेत्रको काम पनि अधुरै रहला । कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र कदम चालेको उचित हुनेछ ।
कुम्भः
आँटेको कार्यमा बाधा आउनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी केहि सहज हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।
मीनः
चताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । स्त्रीको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । छोटो दूरीको यात्राको सम्भावना छ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापार ब्यावसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment