काठमाडौं । आज आइतबार लाग्ने आंशिक सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको जानकारी अनुसार, ग्रहण नेपाली समयअनुसार राति १०:४४ बजे सुरु भएर भोलि सोमबार बिहान ३:०८ बजेसम्म रहनेछ। तर, नेपालमा सो समयमा रात परेकाले ग्रहण देखिने सम्भावना छैन।
यसै कारण वैदिक सनातन हिन्दू धर्मशास्त्रअनुसार यस ग्रहणको कुनै सुतक (पवित्रता बिग्रने अवधि) लाग्ने छैन र यसले कुनै दोष पनि नल्याउने समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईले बताएका छन्।
आजको सूर्यग्रहण मुख्य रूपमा न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिका जस्ता देशहरूमा मात्र देखिनेछ। नेपालमा आगामी वर्ष २०२७ को अगस्ट २ तारिखमा मात्र सूर्यग्रहण आंशिक रूपमा देखिने छ।
धार्मिक कर्मकाण्डमा ग्रहणले असर नगर्ने र कुनै बाधा नआउने यस जानकारीले नेपाली समुदायलाई विश्वासका साथ आफ्नो धार्मिक परम्परालाई निर्विघ्न रूपमा पालन गर्न सहजता मिल्नेछ।
Comment