प्रिमियर लिग : लिभरपुल पाँचौं खेलसम्म अपराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार सम्पन्न मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ।

लगातार पाँचौं जितसँगै लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित एभर्टन समान खेलबाट सात अंकका साथ नवाै स्थानमा छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च र ह्युगो एकिटिकेले गोल गरे। एभरटनका लागि इड्रिस्स गुइएले एक फर्काए।

खेलको १०औं मिनेटमा ग्रेचेनबर्चको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। उनले मोहम्मद सलाहको पासलाई पोस्टको दिशा दिए।

एकिटिकेले १९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। यस पटक ग्रेभेनबर्चले गोलको अवसर सिर्जना गरेका थिए।​ गुइएले ५८औं मिनेटमा गरेको गोल एभरटनका लागि सान्त्वना बन्यो। इलिमान नडियायेको पासलाई जाली चुमाएका थिए।

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ गोलले पराजित गर्‍यो। यस्तै फुलह्यामले बेनफर्डलाई ३-१ गोलले हरायो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।