हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्दीको तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। इजरायलले गाजा सहरमा आफ्नो आक्रमणलाई तीव्र बनाउँदै लगेपछि हमासले ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका तस्वीरहरूमा नेपालका नागरिक विपिन जोशी पनि देखिएका छन्, जसले नेपाली समुदायमा चासो र चिन्ता बढाएको छ।

समाचार संस्था अलजजिराका अनुसार, ती तस्वीरहरूमा देखिएका बन्दीहरूमध्ये केहीको मृत्यु भइसकेको र केही अझै जीवित रहेको अनुमान गरिएको छ। यद्यपि, हालसम्म को जीवित छन् र को छैनन् भन्ने विषयमा आधिकारिक पुष्टि भइसकेको छैन। नेपालका विपिन जोशी अझै जीवित रहेको आशा गरिएको छ।

इजरायली सुरक्षा अधिकारीहरूले गाजामा अझै पनि करिब २० जना बन्दीहरू जीउँदै रहेको विश्वास व्यक्त गरेका छन्। हमासद्वारा सार्वजनिक तस्बिरहरूमध्ये प्रत्येक बन्दीको अनुहारमुनि “रोन अराड” नाम लेखिएको छ। यो नाम सन् १९८६ मा लेबनानमा हराइरहेका इजरायली वायु सेनाका एक क्याप्टेनसँग सम्बन्धित छ, जुन प्रतीकात्मक रुपमा प्रयोग गरिएको अनुमान गरिएको छ।

हमासले तस्वीरसहित दिएको सन्देशमा भनिएको छ —
“नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।”

यता इजरायली पक्षले गाजा सहरलाई पूर्ण रूपमा कब्जामा लिने घोषणा गर्दै स्थल तथा हवाई आक्रमणमा अझै तीव्रता दिएको छ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा ‘सरप्राइज आक्रमण’ गरेपछि सुरु भएको यो संघर्ष अहिलेसम्म नराम्रो रूपमा फैलिँदै गएको छ।
यस भीषण युद्धमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू उल्लेख गर्छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।