गोकर्णेश्वरमा घरमा खाना खाइरहेकी महिलामाथि हतियार प्रहार, एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७, शिवचोकमा सीतादेवी पन्तमाथि आफ्नै घरभित्र खाना खाइरहेको बेला हतियार प्रहार भएको छ। घाइते पन्तको स्वास्थ्य अवस्था मध्यम छ र अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आक्रमणमा संलग्न सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार तामाङले मदिरा सेवनपछि पन्तको कोठामा प्रवेश गरी आक्रमण गरेको खुलेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।