प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत चेन सोङको भेट, निरन्तर सहयोगको आश्वासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व समालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ राजदूत चेन सोङले बिहीबार प्रधानमन्त्री कार्यालयमा भेट गरेका छन्।

भेटमा राजदूत सोङले चीन नेपालप्रति सधैं सहयोगी रहँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि तत्पर रहने बताएका छन्। उनले नेपाल–चीन सम्बन्धलाई असल छिमेकीको उदाहरणीय सम्बन्ध भन्दै नेपाली जनताको चाहनाप्रति सम्मान व्यक्त गरे।

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भने, ‘आगामी दिनमा पनि सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

कार्की प्रधानमन्त्री बनेपछि चिनियाँ राजदूतको यो पहिलो भेटवार्ता हो, जसलाई नेपाल–चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।