नेपाल प्रहरीका ९० डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक ठूलो सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेन–जी आन्दोलनलगत्तै व्यापक सरुवा नीति अघि सारेका हुन्।

यस क्रममा काठमाडौँ उपत्यकाका विभिन्न बृत्त, जिल्लास्तरीय कार्यालय र इलाकासमेतका इन्चार्जहरू हेरफेर भएका छन्। केही जिल्लामा त नायव उपरीक्षक र उपरीक्षक दुवै तहमा नेतृत्व फेरबदल गरिएको छ।

प्रहरी स्रोतका अनुसार, सरुवा सूचीमा समावेश अधिकृतहरूलाई शीघ्र तोकिएका स्थानमा कार्यभार ग्रहण गर्न निर्देशन दिइएको छ। प्रहरी नेतृत्वले हालको संवेदनशील परिस्थिति र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै यो कदम चालिएको बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।