कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा देशको वर्तमान अवस्थाका कारण स्थगित गर्दै नयाँ तालिका सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक मात्र विषयमा पूरक परीक्षा दिने विद्यार्थीले सोही दिन परीक्षा दिनुपर्नेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि पहिलो दिन सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ, जसअनुसार अनिवार्य अङ्ग्रेजी (००४१) र अनिवार्य नेपाली (००२१) दुबै विषयका परीक्षार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्नेछ।

असोज ८ गते भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। बोर्डले परीक्षा केन्द्र पहिले नै निर्धारण गरिसकेको र परीक्षा तोकिएको मिति तथा समयमा नै सञ्चालन हुने स्पष्ट पारेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।